फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१८ कार्तिक २०८३ २२:३१

काठमाडौं। बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका निवासी ४० वर्षीय सुविन बैदारलाई पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौँ जिल्ला अदालतले गत असार ३२ गते बैदारलाई बैङ्किङ कसुर मुद्दामा सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो।

अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका बैदार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गरी पक्राउ गरेको ब्यूरोले जनाएको छ। पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *