कामको आधारमा निर्वाचन जित्न नसकेपछि रुवाबासी गर्नुको अर्थ हुँदैन : गगन थापा

डिसी नेपाल
२७ माघ २०८० १५:२७
36
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन्।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले अधिकांश स्थानीय सरकार लगाएत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने भन्दै कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका हुन्।

आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार पार्नुपर्ने उनले बताए। थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्र भनाई पाँच बर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राखे। उनले संघीयता कार्यान्वयन गर्नका लागि आवश्यक कानून नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न असहज देखिएको बताए।

थापाले फागुनमा प्रिबजेटबारे छलफल हुने भन्दै उनले यसपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएको उल्लेख गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.