संघीयता विरोधीको चलखेल बन्द गर्न ऐन कानुन छिटो बनाउनु पर्छ : शिक्षामन्त्री

डिसी नेपाल
२७ माघ २०८० १७:३९
16
Shares

उदयपुर। शिक्षामन्त्री अशोक कुमार राईले संघीयता विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्ने बताएका छन्।

शनिवार उदयपुरको त्रियुगा नगरपालिका वडा ४ बगाहा स्थित प्रस्तावित मेडिकल कलेजको जग्गा अवलोकन गर्ने क्रममा मन्त्री राईले संघीय संरचनाले राम्रोसंग काम गर्न नपाउँदा विरोधका स्वरहरु सुनिन थालेको भन्दै विरोधीको चलखेल बन्द गर्न सबैखाले ऐन कानुन छिटो बनाउनुपर्ने बताएका हुन्। मन्त्री राईले नेपालको संघीय मोडल पृथक किसिमको भएको भन्दै यसलाई सफल बनाउनुपर्ने धारणा राखे।

उनले सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने गरी प्रक्रिया अघि बढाउनका लागि उदयपुरको प्रस्तावित मेडिकल कलेजले निर्माणको प्रक्रिया सुरु गर्न गर्नुपर्ने धारणा राखे। अन्य ठाउँका मेडिकल कलेज स्थापनाका लागि लगभग सबै प्रक्रिया पुरा भएको भएपनि उदयपुरको जग्गा प्राप्तिको काम सम्पन्न नभएकोले प्रक्रिया अघि बढाउन ढिला भएको उनको भनाइ छ।

उदयपुर मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिकाले ६२ रोपनी ऐलानी प्रति जग्गा संरक्षण गरेर राखेको नगर प्रमुख बसन्त बस्नेतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.