प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित
काठमाडौं। एसिसी महिला प्रिमियर कप क्रिकेट-२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।
पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको थियो। यस जितसँगै नेपालको २ खेलमा ४ अंक भएको छ। भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि सीता रानामगरले अविजित ३२ रन बनाइन्। तेस्तै रुविना क्षेत्रीले १७ रन बनाइन्। तेस्रो विकेटका लागि सीता र रुबिनाले अविजित ४८ रनको साझेदारी गरेका थिए।
कविता कुँवरले ५ रन बनाइन् भने इन्दु बर्मा १ रनमा आउट भइन्। भुटानका लागि अन्जु गुरुङ र अन्जुली घलेले समान एक-एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ६५ रनको योगफल बनाएको थियो। भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन जोडिन भने, कप्तान डिचेन वाङ्मोले १७ रन बनाइन्। त्यस्तै, छिङि जाङमोले १६ रन बनाइन्।
नेपालका लागि कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले समान एक-एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल आगामी फागुन १ गते माल्दिभ्सको सामना गर्नेछ ।







डिसी नेपाल







Facebook Comment