अस्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

डिसी नेपाल
२८ माघ २०८० २१:३९
160
Shares

काठमाडौं। अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ।

यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो। पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.