खुम्बु ल्होसार कप फुटबल माघ २९ देखि हुने, आठ टिमले प्रतिष्पर्धा गर्ने
काठमाडौं। १४औं संस्करणको ‘खुम्बु ल्होसार कप’ सोमबारबाट सुरु भएको छ। उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन्।
१४औं ‘खुम्बु ल्होसार कप’ आयोजक समितिको संयोजक मिङमा शेर्पाले ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ बर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको बताउँछन्।
सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाबीच हुने शेर्पा समुदायका युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु रहेको उद्दश्यले प्रतियोगिता आयोजना गरिएको शेर्पाको भनाइ छ।
कोशी प्रदेश सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रहेको खुम्बु पासाङल्हामु गापाबाट उक्त गाउँपालिकाबाट विभिन्न सिलसिलामा काठमाडौंमा आएका खुम्बुवासीहरुलाई एकीकृत गराउने र सो क्षेत्रको युवाहरुको प्रतिभा प्रदर्शन तथा प्रस्फुटन गर्ने मुख्य प्रतियोगिता आयोजना गर्दै आएको शेपाले बताए ।
बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रसहित नगद एक लाख रुपैयाँ, उपविजेताले मेडल र प्रमाण–पत्रसहित नगद पचास हजार र तेस्रो टिमले पञ्चीस हजार, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।
जम्मा १६ ओटा खेलहरु हुने सो प्रतियोगिताको प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द म्याचले नगद तिन हजार रुपैयाँ प्राप्त गर्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई क्रमशः उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर र नव उदायमान खेलाडी आदि विधाहरुमा नगद पुरस्कारको साथ प्रमाण–पत्र र ट्रफी प्रदान गर्नेछ। प्रतियोगिता भरि उत्कृस्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई पनि नगद पुरस्कारको साथ ट्रफी र मेडल प्रदान गर्नेछ।
लिग कम नकआउट आधारमा प्रतियोगितामा दैनिक २ ओटा खेलहरु खेलिन आयोजकले जनाएको छ। प्रतियोगिताको समापन समारोह फागुन ७ गते सानो गौचरन फुटवल ग्राउण्डमा हुनेछ।







डिसी नेपाल







Facebook Comment