नेपाल भर्सेज क्यानडा : २० ओभरको खेल सकिँदा क्यानडाको स्कोर ३ विकेटको क्षतिमा ७९ रन
काठमाडौं । किर्तिपुरमा जारी नेपाल र क्यानडाबीचको तेस्रो एकदिवसीय खेलमा क्यानडाले ब्याटिङ गरिरहेको छ । नेपालले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खेलमा पहिलो २० ओभर सकिएको छ । यस अवधिमा क्यानडाले ३ विकेट गुमाएर ७९ रन बनाएको छ । यस क्रममा क्यानडाले ओपनर आरोन जोनसनसँगै श्रीमन्थ विजयरत्ने र निकोलन किर्टनलाई गुमाएको छ ।
अर्का ओपनर नवनीत धालीवाल भने खेलिरहेका छन् । उनी अर्धशतकको नजिक छन् । २० ओभर खेल सकिँदा उनले ६४ बल खेलेर ४१ रन बनाएका छन् ।
नेपालका लागि आजको खेलबाट एकदिवसीय डेब्यु गरेका हेमन्त धामीले १ विकेट लिए । कुशल मल्ल र आकाश चन्दले पनि १–१ विकेट लिए । आजको खेल सिरिजको अन्तिम खेल हो । यसअघिका २ खेल जितेको नेपालले सिरिज जितिसकेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment