नेपाल भर्सेज क्यानडा : अर्धशतकसँगै नवनीत धालीवाल आउट, क्यानडाको १०० रन पूरा

डिसी नेपाल
२९ माघ २०८० ११:२२
148
Shares

काठमाडौं । किर्तिपुरमा जारी नेपाल र क्यानडाबीचको तेस्रो एकदिवसीय खेलमा क्यानडाले ब्याटिङ गरिरहेको छ । नेपालले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खेलमा क्यानडाले १०० रन पूरा गरेको छ । क्यानडाले १०० रन पूरा गर्दै गर्दा क्यानडाका ओपनर नवनीत धालीवालले ५० रन पूरा गरे । अर्धशतक पूरा गरेसँगै उनी आउट पनि भएका छन् ।

२७ औं ओभरको तेस्रो बलमा धालीवालले १ रन जोडेसँगै क्यानडाको १०० रन र धालीवालको व्यक्तिगत स्कोर ५० रन पूरा भयो । तर त्यसपछि अर्को रन जोड्न नपाउँदै धालीवाललाई ललित राजवंशीले आउट गराए ।

अहिले २७ ओभर सकिएको छ । यस अवधिमा क्यानडाले ४ विकेट गुमाएर १०१ रन बनाएको छ । नेपालका लागि आजको खेलबाट एकदिवसीय डेब्यु गरेका हेमन्त धामीले १ विकेट लिए । ललित राजवंशी, कुशल मल्ल र आकाश चन्दले पनि १–१ विकेट लिए ।

आजको खेल सिरिजको अन्तिम खेल हो । यसअघिका २ खेल जितेको नेपालले सिरिज जितिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.