म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

डिसी नेपाल
१ फागुन २०८० ६:५३
20
Shares

न्युयोर्क। विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको २४ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ। केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो।

कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए।

राजकुमार केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हाकिजिमाना टोयोटा कारमा कतै जाँदै थिए। त्यतिबेला केल्भिनले किप्टमको कार चलाइरहेका थिए। जहाँ अचानक उनले कारको नियन्त्रण गुमाए र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो । जसका कारण दुबै जनाको घटनास्थलमै ज्यान गएको हो।

केल्भिन किप्टम र गेर्भाइस हकिजिमाना बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई पनि भयानक दुर्घटनाबाट बाँचेकी छिन तर गम्भीर घाइते भएका कारणा हाल उनी अस्पतालमा भर्ना भएकी छिन्।

शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व कीर्तिमान बनाएका थिए। उनले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाएका हुन्। इतिहासमा पहिलो पटक धावकले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.