बायाँ हाते भारतीय ब्याट्सम्यान सौरभ तिवारीले लिए सन्यास

डिसी नेपाल
१ फागुन २०८० ७:५६
88
Shares

नयाँ दिल्ली। बायाँ हाते भारतीय ब्याट्सम्यान सौरभ तिवारीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

भारतका लागि ३ एकदिवसीय खेल खेलेका सौरभ तिवारीले सोमबार अबेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

उनले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसपछि उनले ३ ओडिआई खेल मात्रै खेल्न पाएका थिए। सौरभ तिवारीले आफ्नो अन्तिम एकदिवसीय खेल २०१० मा न्युजिल्याण्ड विरुद्ध खेलेका थिए। त्यसपछि उनले भारतबाट खेल्ने मौका भने कहिल्यै पाउन सकेनन्।

सौरभ तिवारीले सन् २०१० मा महेन्द्र सिंह धोनीको कप्तानीमा अष्ट्रेलिया विरुद्ध भारतका लागि डेब्यु खेल खेलेका थिए तर उनले भारतका लागि धेरै खेल खेल्न सकेनन्। उनले भारतबाट मात्र ३ ओडिआई खेल्ने मौका पाएका थिए । जसमा उनले ४९ रन बनाएका थिए।

आफ्नो सन्यासको बारेमा सौरभ तिवारीले भने, ‘मैले यो निर्णय मेरो प्रदर्शनका आधारमा लिएको होइन। घरेलु क्रिकेटमा मेरो रेकर्ड उत्कृष्ट छ। यसपछि उनले मलाई प्रायः यसपछि के गर्ने भनेर सोधिने बताए, ‘म क्रिकेट मात्र जान्दछु, त्यसैले भविष्यमा पनि यो खेलसँग जोडिनेछु।’

सौरभ तिवारीले सन् २००८ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यु गरेका थिए। त्यसपछि उनले यस फर्म्याटमा कुल ९३ खेल खेलिसकेका छन्। जसमा २८.७३ को औसतमा १४९४ रन बनाएका छन् । सौरभले आफ्नो आईपीएल करियरमा दिल्ली डेयरडेभिल्स, रोयल च्यालेन्जर्स बैंगलोर र राइजिङ पुणे सुपरजायन्ट्सबाट पनि खेलेका छन्।

उनले आफ्नो अन्तिम आईपीएल खेल २०२१ मा राजस्थान रोयल्स विरुद्ध खेलेका थिए। त्यसपछि उनी बाहिर घुमिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.