लिग–२ मा राम्रो नतिजा आउने कप्तान र प्रशिक्षकको विश्वास

डिसी नेपाल
२ फागुन २०८० १९:१४
52
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षकले विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने विश्वास गरेका छन्।

प्रतियोगीता अघि बुधबार काठमाडौंमा आयोजित प्रिम्याचमा उनीहरुले लिग–२ को तयारी राम्रो भएको र नतिजा पनि राम्रो आउने बताएका हुन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टीमले राम्रो तयारी गरेको बताए। उनले क्यानडासँगको खेलले पनि खेलाडीहरुलाई थप अभ्यास मिलेको जनाए।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए। उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्ने जिकिर गरे।

त्यस्तै नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरु उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन्। आईसीसी विश्वकप लिग–२ क्रिकेट बिहीबारबाट सुरु हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.