‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’

डिसी नेपाल
४ फागुन २०८० २२:२५
20
Shares

धुलिखेल। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका कृषकको जीवनस्तरलाई उकास्ने खालका कार्यक्रमलाई अगाडि बढाउँदै कृषि क्षेत्रलाई महत्वका साथ लिएर काम गरिरहेको बताएका छन्।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा आजदेखि बनेपामा सुरु भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव’ मा उनले समुदायमा आधारित उत्पादनको ‘पकेट’ क्षेत्र प्रदेशभित्र लागू गर्ने तयारीमा आफू रहेको बताए।

प्रदेशभित्रका नगर पालिका प्रमुख उपप्रमुखहरुसँग छलफल गरी त्यसलाई मूर्तरुप दिन प्रदेश सरकारले कार्यविधि निर्माण गर्ने उनले बताए। प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, बैंक, सहकारी, वित्तीय संस्था सबैले लगानी गर्न सक्ने व्यवस्था गरेको बताउँदै उनले साँच्चै योजनामा नै उत्पादनलाई बढाउने गरी समृद्ध प्रदेश बनाउन आफू प्रतिबद्ध रहेको जानकारी दिए।

मुख्यमन्त्री जम्कट्टेलले कृषिका माध्यमबाट नै मुलुकलाई समृद्ध बनाउनका सकिने र त्यसनिम्ति प्रदेशले रणनीतिक योजना बनाएर अगाडि बढिसकेको बताए

पूर्वमन्त्री गोकुल बाँस्कोटाले कृषि क्षेत्रलाई आर्थिक विकासको आधार मानेर काम गर्नुपर्नेमा जोड दिए। उनले देशको अर्थतन्त्रलाई उकास्ने माध्यम नै कृषि भएकाले नीति निर्माताले पनि यस क्षेत्रको उन्नयनका निम्ति इमानदार भएर काम गर्नुपर्ने बताए।

बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री डा. राजेन्द्र मान श्रेष्ठले कृषि क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लाको ठूलो योगदान रहेको बताउँदै किसानहरुलाई कृषि कर्ममा अझ उत्साहित भएर लाग्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.