समानुपातिकतर्फको बन्दसूचीप्रति कांग्रेसमा चरम असन्तुष्टि

डिसी नेपाल
१७ पुष २०८२ १५:५३
3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एक जनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रीय सभापतिहरूले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उनीहरूले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तिमा प्रत्येक क्षेत्रबाट एकजनाको दरले तीनजनाको नाम सिफारिस गर्न माग गरेका छन्। आफ्नो मागको सुनुवाई नभए ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा आफूहरू जिम्मेवार नहुने चेतावनी दिएका छन्।

असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए। उनले पार्टीको महाधिवेशनको तयारीका बीच हतारमा समानुपातिक सूची बनाउदा केहि कमजोरी भएको हुन सक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे।

कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफुहरुले राखेको विषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *