रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू आदेश

डिसी नेपाल
५ फागुन २०८० १९:३३
72
Shares

रौतहट। रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो।

दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीयवासी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि इशनाथ नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। इशनाथ नगरपालिकाको पूर्वमा जोकाहागाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश जारी गरेको हो।

साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

सो क्षेत्रमा आवतजावत गर्न नपाउने, भेला तथा जुलुस गर्न नपाउने, प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.