कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आवेदकहरुले आज कार्यालय समय भित्रमा आवेदन दिन सकिनेछ। कुमारी क्यापिटलका अनुसार माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना कुल १० करोड इकाई बिक्री खुला गरेको हो।
जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ। त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment