इसेवा लाइफ केयर योजना सार्वजनिक, ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी

डिसी नेपाल
१३ फागुन २०८० २३:३६
28
Shares

काठमाडौं। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवालाइफ केयर योजना सार्वजनिक गरेको छ ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएकोइसेवाकेयरलाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवनकै बीमा हुनेगरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो।

इसेवालाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ । यो जीवन बीमा योजना सन लाइफइन्स्योरेन्स्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो। यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ।

यस योजनामा वार्षिक रू ७ सयमा देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ बर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यस योजनामा उमेर अनुसार प्रीमियम रकम पनि फरक हुनेछ। यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि यसमा जिबन बीमा पनि समाबेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो।

इसेवालाइफ केयर योजनामाटर्मलाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भिर रोगको ५० हजार र ३० भन्दा बढि स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ। इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स्  अथवा वेब पेजमा जानुपर्ने छ ।

इसेवा लाइफ केयर खरिद गर्ने यस्तो छ तरिका

१. इसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ ।

२. त्यसपछि त्यहाँइसेवाकेयर रइसेवालाइफ केयरको अप्सन देखिनेछ ।

३.इसेवा लाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ ।

४. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ताइसेवामाकेवाइसीप्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ ।

५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नु पर्नेछ।

इसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्टइन्स्योरेन्स्मासम्पर्क गरि आवश्यक कागजात पेश गरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ ।

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनजनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ।इसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ।

यसबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *