नेपालमा दुतावास हुँदा पनि भिसाको लागि दिल्ली पठाउने काम आपत्तिजनक: सांसद ढकाल
काठमाडौं। प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले नेपालको खस्कँदै गएको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका ढकालले विश्वका १८१ मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध र ३० मित्र राष्ट्रमा नेपाली दुतावास हुँदा पनि अन्तर्राष्ट्रिय सम्बन्ध भने निरन्तर कमजोर हुँदै र बेवास्तामा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
संघीय सांसद ढकालले सन् २००६ मा ७६ औं स्थानमा रहेको नेपाली पासपोर्ट २०२४ मा १०३ औं स्थानमा झर्नु गरिबी, बेरोजगार, भ्रष्टाचार र सरकारको कमजोर कुटनीतिको कारण हो भन्दै नेपालमा शक्तिशाली मित्र राष्ट्रहरुबाट सरकार प्रमुखको भ्रमण नहुनुको कारण के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।
केही समयअगाडि भएको सयुक्त राष्ट्रसंघका महासचिवको भ्रमण पनि योजनाबद्ध नभई आकस्मिक भएको ढकालको जिकिर थियो। ‘के नेपाल सधै क्षेत्रीय राजनीतिको चपेटामा पिल्सीयर बस्ने हो’ ? उनले संसदमा प्रश्न गरे।
ढकालले कतिपय मित्रराष्ट्रले काठमाडौंमा दुतावास हुँदापनि नेपालीलाई भिसा आवेदन गर्न दिल्ली जानुपर्ने वाध्यता सिर्जना गर्नु आपत्तीजनक छ भन्दै यो विषय देशको प्रतिष्ठासँग जोडिएकोले उच्चस्तरीय कार्यदल बनाएर समाधान खोज्नु उचित हुने ढकालले सुझाव दिए ।
उनले भने, ‘गठबन्धन सरकारको घैटोमा घाम लागोस्, कुटनीतिमा पनि प्राथमिकता जाओस।’







डिसी नेपाल








Facebook Comment