देउवाले भेट्न चाहेनन् गगन र विश्वलाई

डिसी नेपाल
१७ पुष २०८२ १८:२६
5.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्न समय दिएनन्।

अपराह्न ५ बजेका लागि भेट्ने समय दिए पनि अन्तिममा आफूले नभ्याएको भन्दै देउवाले उनीहरूलाई शुक्रबार भेट्ने जानकारी गराएका थिए।

महामन्त्रीद्वयको देउवासँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेट्ने तयारी थियो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सभापति देउवाले भेटघाट नभएकाले शुक्रबार देउवाले अनुकूल समयमा भेट्ने बताएको जानकारी दिएका छन्।

उता महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल गरिएको छ। विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किँदै जाँदा कांग्रेस विभाजन त हुने होइन भन्ने चिन्ता कार्यकर्तामा देखिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *