मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहिन

डिसी नेपाल
१६ फागुन २०८० १७:५४
8
Shares

काठमाडौं। न्याय मार्च गर्दै काठमाडौ आएका मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहिन भएको छ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए। उनले आफुहरुको मागलाई राज्यले गम्भीर रुपमा लिएपनि सकारात्मक भने नदेखिएको बताए। सरकारसँगको वार्ता र आन्दोलन निरन्तर हुने उनको भनाइ छ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.