राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्छः माधव नेपाल

डिसी नेपाल
१७ फागुन २०८० १६:३९
100
Shares

भरतपुर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन्।

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन्।

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे। उनले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे। गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ।

अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.