सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढ्यो

डिसी नेपाल
२० फागुन २०८० १२:००
8
Shares

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *