धरान एक्स्पोमा १२ करोडको कारोबार

डिसी नेपाल
२३ फागुन २०८० २१:०२
24
Shares

धरान (सुनसरी)। स्थानीय व्यवसायीका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको व्यापारिक मेला धरान एक्स्पोमा रु १२ करोडको आर्थिक कारोबार भएको छ।

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा आज समापन भएसँगै रु १२ करोड बराबरको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार एक्स्पो एक लाख ८० हजार जनाले अवलोकन गरेका छन्। अघिल्लो वर्ष संघले आयोजना गरेको एक्स्पोमा रु १० करोडको कारोबार भएको थियो । यसपटक अघिल्लो वर्षको तुलनामा दुई करोड कारोबार वृद्धि भएको हो ।

आज उत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले एक्स्पोका माध्यमबाट स्थानीय व्यापारी व्यवसायी र उपभोक्ताबीच पुलको काम गरेको बताए।

कार्यक्रममा विशेष अतिथिका रुपमा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले धरान एक्स्पोले बजारको पुँजी चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। एक्स्पोले आर्थिक गतिविधि बढाउन मात्र नभई धरानको कला, संस्कृति प्रवद्र्धन गर्न पनि सहयोग पु¥याएको बताए।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हरेक वर्ष धरान एक्स्पोलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *