शिखर इन्स्योरेन्सको चैत ९ गते साधारण सभा
काठमाडौं। शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबिना नै वार्षिक साधारण सभा बोलाएको छ। जसअनुरुप लगानीकर्ताहरुको हात भने खाली हुनेछ।
यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सभा चैत ९ गते बिहान ११ बजे शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ । फागुन २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन्।
आज फागुन २५ शुक्रबार एव महाशिवरात्रि तथा २६ गते शनिबार भएकाले सेयर कारोबार हुँदैन।







डिसी नेपाल







Facebook Comment