प्रधानमन्त्री प्रचण्डका कारण मुलुकमा अस्थिरता : ढुंगाना

डिसी नेपाल
२९ फागुन २०८० १२:२८
40
Shares

काठमाडाैं। नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री प्रचण्डका कारण मुलुकमा अस्थीरता उत्पन्न भएको बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा ढुंगानाले पटक पटक सरकार परिवर्तन गरेर प्रचण्डले मुलुकमा अस्थिरता निम्ताएको बताएका हुन्।

प्रधानमन्त्रीलाई संसद भंग गर्ने यसअघिको अधिकार अहिले हटाएको र एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिएपनि पटक पटक सरकार परिवर्तन गर्ने काम मुलुकको हितमा नरहेको उनले बताए।

उनले प्रधानमन्त्रीको कदम र बोलेका कुराले व्यवस्था विरोधी शक्तिहरुलाई बल पुर्‍याउने काम भएको जिकिर गरे। ढुंगानाले मुलुकमा कुनैपनि दुर्घटना भए त्यसको भारी प्रधानमन्त्रीले बोक्नुपर्ने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.