पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउँछौं : महामन्त्री थापा
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाइने भएबा छन्।
नियमित महाधिवेशनको मिति वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुंगिएको बताउँदै उनले पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाइने बताएका हुन्।
विधानको धारा १७(२) अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गरिने उनको भनाइ छ। ‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो। उहाँले धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नु भएको हो। हामी ४-५ जनाको फरक मत भयो। तर, बहुमतले पारित भयो,’ उनले भने।
विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेमा पुसको २८-२९ तीन महिनाको अन्तिम म्यादल रहेको उनले स्मरण गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment