राष्ट्रिय सभा अध्यक्षमा शर्मा र दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस

डिसी नेपाल
२९ फागुन २०८० १२:५१
36
Shares

काठमाडौं। राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएकाे हाे।

राष्ट्रिय सभा बैठकमा कांग्रेसका आनन्दप्रसाद ढुंगानाले र सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले प्रस्ताव पेस गरेका हुन्।

राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.