कुस्ती प्रवर्द्धन गर्न गण्डकी प्रदेशमा संघ गठन
गण्डकी। कुस्ती खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशमा कुस्ती संघ गठन भएको छ। पोखरामा आज सम्पन्न भेलाले उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा सङ्घको कार्यसमिति गठन गरेको हो।
संघको उपाध्यक्षमा योगीता साहनी, सचिवमा दीपकप्रसाद पौडेल र कोषाध्यक्षमा डिल्लीराम सुवेदी रहेका छन्। सात सदस्यीय संघको सदस्यमा दीपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ रहेका छन्।
नवगठित कार्यसमितिलाई बधाई दिँदै गण्डकी प्रदेशका पूर्वसांसद दीपक कोइरालाले खेलकुदको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।
प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले गण्डकी प्रदेशमा कुस्ती संघ गठन हुनुले प्रदेशको कुस्ती खेल विकासले गति लिने बताउँदै आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे।
नेपाल कुस्ती संघका केन्द्रीय सदस्य नवीन आचार्यको अध्यक्षतामा भएको भेलामा शारीरिक सुगठन संघका केन्द्रीय कोषाध्यक्ष बलराम सुवेदीले नवगठित समितिको सफलताको कामना गरेका थिए।







डिसी नेपाल







Facebook Comment