काठमाडौं- ३ रास्वपाका राजु पाण्डेको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ ६:११
3.0k
Shares

काठमाडाैं। काठमाडौं-३ मा सुरूआती अग्रता हासिल गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले उछिनेका छन्।

पछिल्लो मतगणना अनुसार रास्वपाका पाण्डे २९६० मत पाएर अग्रस्थानमा छन् भने उज्यालो नेपालका घिसिङले २७०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

यहाँ नेपाली कांग्रेसका रमेश अर्यालले १०११ र नेकपा एमालेका रामेश्वर फुयालले ६९४ मत ल्याएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुन्दरराम बोहराले २२९ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामाले ६४ मत ल्याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *