नेपाली क्रिकेट खेलाडीलाई हङकङबाट ५ लाख सहयोग

डिसी नेपाल
१ चैत २०८० २०:१२
232
Shares

काठमाडौं। नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन हङकङबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ।

टी–२० त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै आगामी खेलहरूमा हौसला बढाउन त्यहाँको नेपाली समुदायले आर्थिक सहयोग गरेको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङद्धारा आयोजित कार्यक्रममा नोभा बिजनेश सोलुसनको संयोजनमा आर्थिक संकलन गरिएको थियो। हङकङमा व्यवासाय गर्दै आएका नेपालीहरूले  उक्त रकम सहयोग गरेका हुन्।

आउँदो जुनमा टी–२० विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट खेलाडीहरूको हौसलास्वरूप सम्मानसहित ५ लाख आर्थिक सहयोग प्रदान गरिएको एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी दिए।

टी २० विश्वकप–२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै खेलाडीसहित क्यानका पदाधिकारीलाई सम्मान गरिएको थियो।

अध्यक्ष ढकालले विदेशमा रहेका ७० लाखभन्दा बढी नेपालीको मन क्रिकेटमा रहेको बताउँदै नेपाली क्रिकेटको विकासमा विदेशबाट पनि सहयोग गर्नुपर्नेमा जोड दिए।

‘विदेशमा धेरै नेपाली संघ–संस्था छन्। क्रिकेटप्रेमीहरू धेरै हुनुहुन्छ। नेपाली क्रिकेटको विकासका लागि सबैले हातेमाले गर्नुपर्ने बेला आएको छ। खेलाडीको मनोबल बढाउनुपर्छ,’ उनले भने।

खेलाडीको सम्मान कार्यक्रममा हङकङस्थित नेपाली महावहाज्यिदूत उदयबहादुर रानालगायत अन्य नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.