रोनाल्डोको गोलमा अल नासर विजयी
काठमाडौ, ३ चैत । साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए।
यो जितपछि अल नासरको २४ खेलमा ५६ अंक भएको छ। अल नासर शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ। यद्यपी अल हिलाल एक खेल कम खेलको छ।
त्यसैगरी अल अहलीको २४ खेलमा ४७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment