गायक्वाड चेन्नाईको नयाँ कप्तान

डिसी नेपाल
८ चैत २०८० १७:००
284
Shares

काठमाडौं। ईंडियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको फ्रेन्चाइजी टिम चेन्नाई सुपर किंग्स (सिएसके)को कप्तान परिवर्तन भएको छ। चेन्नाईले आफ्नो टोलीका ओपनिङ ब्याटर रुतुराज गायक्वाडलाई नयाँ कप्तान बनाएको हो।

यसअघि महेन्द्र सिंह धोनीले चेन्नाईको कप्तानी गरिरहेका थिए। धोनी सन् २००८ देखि चेन्नाईको कप्तान रहेका थिए। सन् २०२२ मा केही समयका लागि रविन्द्र जडेजा कप्तान बनेपनि पछि चेन्नाईले धोनीलाई नै कप्तानको जिम्मेवारी दिएको थियो।

धोनीले चेन्नाईका लागि २४९ मध्ये २३५ खेलमा कप्तानी गरेका छन्। उनको कप्तानीमा चेन्नाईले पाचौँ पटक आईपीएलको उपाधि जितेको छ । गायक्वाडलाई कप्तान बनाएसँगै धोनीले यो सिजनपछि क्रिकेटबाट सन्यास लिन खोजेको अनुमान लगाइएको छ।

शुक्रबारदेखि सुरु हुने आईपीएलको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर भिड्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.