पुलिसलाई हराउदै एभरेष्ट बन्यो महिला भलिबल च्याम्पियन
काठमाडौं। एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३-१ सेटमा पराजित गर्दै उपाधि जितेको हो। नेपाल पुलिस डिफेन्डिङ च्याम्पियन समेत हो।
नेपाल पुलिसले पहिलो सेट जितेपनि त्यसपछिका तिनै सेट एभेरेस्टले जितेर उपाधि कब्जा गरेको थियो। एभरेष्ट क्लबमा ष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित रहेका थिए।
यो जितसँगै एभरेष्ट भलिबल क्लबले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख नगद पुरस्कार पाएको छ।
यस अघि शुक्रबार सम्पन्न तेस्रो स्थानको खेलमा विभागीय टिम एपीएफ विजयी भएको थियो। एपीएफले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो। तेस्रो भएको एपीएफले एक लाख २५ हजार पाएको थियो।







डिसी नेपाल







Facebook Comment