आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो एनभिए भलिबल पुरुष च्याम्पियनसिप

डिसी नेपाल
१० चैत २०८० १९:२०
60
Shares

काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले एनभिए भलिबल पुरुष च्याम्पियनसिप २०८० को उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। हेल्प नेपालको टिममा पाकिस्तानका खेलाडी समावेश रहेका थिए।

यो जितसँगै हेल्प नेपालले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीले २ लाख नगद पुरस्कार पाएको छ। त्यस्तै नेपाल पुलिस क्लब तेस्रो भएर एक लाख २५ हजार पाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.