सनराइजर्समाथि कोलकोताको रोमाञ्चक जित

डिसी नेपाल
११ चैत २०८० ७:१८
60
Shares

काठमाडौं। रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो।

कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो।

सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्बाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२-३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए।

त्यसैगरी कोलकोताका बलर हर्षित रानाले सर्बाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एक एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

कोलकोताले खराब शुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिंगको सहयोगले विशाल योगफल बनाएको हो। रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए।

त्यसैगरी कोलकोताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए।

त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्बाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए।

यो जितसंगै कोलकोताले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको शुरुवात गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.