मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी

डिसी नेपाल
११ चैत २०८० ७:३३
60
Shares

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन्। गएराती सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो।

ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो। ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो।

१७ बर्षिय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। एनड्रीकले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए।

उनलाई ब्राजिलको नयाँ सुपरस्टार खेलाडीको रुपमा हेरिएको छ। व्यावसायिक रुपमा उनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियल म्याड्रिडमा आवद्ध हुने छन्।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै इङल्याण्डले भने अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ।

त्यसैगरी गएराति सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब जर्मनीले अर्को खेल नेदरल्याण्डससँग मार्च २७ मा खेल्ने छ भने फ्रान्सले मार्च २७ मै चिलीसँग खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.