आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

डिसी नेपाल
१२ चैत २०८० १२:५५
32
Shares

काठमाडौं। घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन्। नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिड्न लागेका हुन्।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव र सन्दिप जोरा छन्। साथै अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.