आइपिएलमा सनराइजर्स हैदरावादको किर्तिमानी ब्याटिंग

डिसी नेपाल
१४ चैत २०८० २२:१९
240
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले नयाँ किर्तिमान बनाएको छ।

सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध कीर्तिमानी २७७ रन बनाएको छ। टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको छ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्वाधिक ३४ बलमा ८० रन अविजित बनाए। त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाए। त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाए।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिए।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्वाधिक रन बनाएको छ। यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.