आइपिएलमा सनराइजर्स हैदरावादको किर्तिमानी ब्याटिंग

डिसी नेपाल
१४ चैत २०८० २२:१९

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले नयाँ किर्तिमान बनाएको छ।

सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध कीर्तिमानी २७७ रन बनाएको छ। टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको छ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्वाधिक ३४ बलमा ८० रन अविजित बनाए। त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाए। त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाए।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिए।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्वाधिक रन बनाएको छ। यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *