सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

डिसी नेपाल
१५ चैत २०८० ११:४९
152
Shares

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय तोकिएको छ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय १० निर्धारण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *