कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

डिसी नेपाल
१५ चैत २०८० १७:२६
544
Shares

सुर्खेत। कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ।

उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो। पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.