बमको शतकका बाबजुत नेपाल आयरल्याण्ड वुल्भ्ससँग पराजित

डिसी नेपाल
१६ चैत २०८० १६:४५
112
Shares

काठमाडौं। आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई पराजित गरेको छ। टी–२० सिरिजको पहिलो खेलमा आयरल्यांड वुल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो। आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अलआउट हुदै २०१ रन बनायो।

नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भए। त्यस्तै आरिफ सेखले ४९ रन बनाए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको हाे।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वुल्भ्सले २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। आयरल्याण्ड वुल्भ्सका लागि पेटर मूरले सर्वाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८/३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाए। त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाए।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए। योसँगै सिरिजमा आयरल्याण्ड वुल्भ्सले १–० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल भोलि हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.