बैंगलुरुमाथि कोलकोताको शानदार जित
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।
कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए। त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए।
त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ। त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment