पञ्जाव किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी

डिसी नेपाल
१८ चैत २०८० ६:३०
56
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो।

लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १७८ रन बनाएको थियो।

पञ्जावका लागि कप्तान शिखर धवनले सर्बाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए। त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका लागि क्वेंटन डिककले सर्बाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए। त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए।

यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा दोस्रो हार व्यहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.