विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा
मोरङ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज राति भएको खेलमा एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो।
एपिएफले चर्च व्याइज युनाइटेडलाई २–० ले पराजित गरेको छ। एपिएफका प्रदिप लामा र अनिष महर्जनले एक/एक गोल गरे। मध्यान्तरपछि ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भए। एपिएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरे।
मंगलबार मछिन्द्र फुटबल क्लब काठमाडौं र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ। गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्।







डिसी नेपाल







Facebook Comment