मुम्बई इण्डियन्सकाे लगातार तेस्राे हार

डिसी नेपाल
२० चैत २०८० ६:४२
136
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो।

यो यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो। त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ। ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.