एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा
विराटनगर। विभागीय टिम एपिएफ विराट गोल्ड कपको सेमिफाइनलमा पुगेको छ।
विराटनगरको सहिद रंगशालामा गएराति सम्पन्न खेलमा एपिएफले चर्च व्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो। एपिएफको जितमा प्रदिप लामा र अनिष महर्जनले एक-एक गोल गरेका थिए।
आज मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ। गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment