उम्मेदवार चयनका लागि बसेको कांग्रेस बैठकमा जुटेन सहमति

डिसी नेपाल
२० चैत २०८० १९:५८
236
Shares

काठमाडौं। बैशाख १५ गते इलाम–२ र बझाङमा हुने उपनिर्वाचनको उम्मेदवार चयनका लागि कांग्रेसले बुधबार पनि छलफल गर्ने भएको छ।

मंगलबार सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन बोर्ड बैठकमा उम्मेदवार चयनका बिषयमा सहमति हुन नसकेपछि बुधबार पुन छलफल गर्ने भएको हो। उम्मेदवार चयनका लागि बुधबार चार बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

उनले उम्मेदवारमा धेरै आकांक्षी देखिएको छलफल लम्बिएको जिकिर गरे। त्यस्तै प्रवक्ता महतले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार देखिएको भन्दै यसले आरोप पुष्टि हुने वातावरण बनेको जिकिर गरे।

कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। उनले सदनमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा त्यसपछि उत्पन्न हुने पस्थितिको जिम्मेवार सरकार हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.