लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले हरायो

डिसी नेपाल
२१ चैत २०८० ७:०५
40
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो।

लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो। यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो।

त्यस्तै पहिला ब्याटिङ गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ।

आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.