अभाको पोष्टमा अल नासरको ८ गोल, रोनाल्डोको ह्याट्रिक

डिसी नेपाल
२१ चैत २०८० ७:४५
96
Shares

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो। त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडि रहेको छ।

त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.