एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

डिसी नेपाल
२२ चैत २०८० ७:१४
48
Shares

काठमाडौं। पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ।

गएराति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.